एजेन्सी, १० असोज । आज अन्तर्राष्ट्रिय विश्व डटर डे हो । आज सामाजिक सञ्जालमा बलिउड कलाकारहरूले छोरीहरूको प्रशंसा गर्दै पोस्ट गरिरहेका छन् ।
बलिउडका महानायक अभिताभ बच्चनलले छोरी श्वेता बच्चन नन्दाको लागि आज विशेष पोस्ट गरेका छन् । उनले श्वेतासँगको केही तस्बिर शेयर गर्दै भावुक पोस्ट गरेका हुन् । अमिताभले लेखेका छन्,‘हैप्पी डटर डे । तर प्रत्येक दिन छोरीको दिन हुन्छ ।’
श्वेता बच्चन पितासँग धेरै नजिक छिन् । उनले सामाजिक सञ्जालमा पितासँगको फोटो शेयर गरेकी हुन्छिन् । श्वेताको १९९७ मा व्यवसायी निखिल नन्दासँग विवाह भएको थियो । श्वेता र निखिलको हाल २ सन्तान पनि छन् । उनीहरूको नाम अगत्स नन्दा र नब्या नबेली हो ।