एजेन्सी, ८ असोज । बलिउडका स्टारहरू फिल्म बाहेक वास्तविक जीवनको एक्सनको कारण पनि चर्चामा रहन्छन् । प्राय कलाकारहरूको प्रशंसकहरू सँग झगडा भएको खबरहरू बारम्बार आइरहेका हुन्छन् ।
बलिउडका एक्सन अभिनेता जोन अब्राहम पनि आफ्ना प्रशंसकहरुसंग झगडा पर्नेमा पर्छन् । अहिले जोन अब्राहमको एक भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ। यो एक पुरानो भिडियो हो। यो भिडियोमा जोनले आफ्नो एक प्रशंसकसंग दुर्व्यवहार गरेको देखिएको छ ।
भिडियोमा जोनको एक प्रशंसक उनीसंग सेल्फी लिनको लागी नजिक आउँछन् तर जोन अब्राहमले उनलाई तल धकेल्छन्। मानिसहरूलाई फ्यानसङ जोनले गरेको यस्तो व्यवहार मन पराएका छैनन् । धेरैले जोनलाई गाली गरिरहेका छन् ।
यो भिडियोमा जोनले धेरै पटक आफ्नो प्रशंसकहरुसंग दुर्व्यवहार गरेको देखिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरू कमेन्ट गरेर उनको कडा आलोचना गरिरहेका छन्।
जोन अब्राहम पछिल्लो समय फिल्म ‘मुम्बई सागा’ मा देखिएका थिए। उनी छिट्टै ‘एक भिलेन २’ र ’पठान’ मा देखिनेछन्।