बुधबार ०२ माघ, २०८१

नेपाली समय

होसियार ! मोडलको कपाल गलत तरिकाले काट्दा २ करोड जरिवाना

होसियार ! मोडलको कपाल गलत तरिकाले काट्दा २ करोड जरिवाना

काठमाडौं, ८ असोज । एक सैलुनको गलत तरीकाले ग्राहकको कपाल काट्दा २ करोड रुपैयाँ जरिवाना तिर्न परेको छ । राष्ट्रिय उपभोक्ता विवाद निस्तारण आयोगले सैलुनलाई मोडेललाई २ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो ।

दिल्लीस्थित सैलुनमा मोडेल आशना रायले अप्रिल २०१८ मा कपाल कटाएकी थिइन् । सैलुनमा आशनाले कपाल अगाडी लामो ‘फ्लिक्स’ राख्ने र पछाडि ४ इन्च काट्ने भनेका थिइन् । तर हेयरड्रेसरले आफ्नै इच्छाले ४ इन्च छाडेर लामो कपाल पुरै काटिदिएका थिए ।

मोडलले सबैकुरा सैलुनका म्यानेजरलाई बताए पछि सैलुनले सेवाको शुल्क नदिन भने । आशनाको केमिकल्सले पुरै कपाललाई स्थायी रुपमा नोक्सान पुराएको छ ।

मोडलले कपाल गलत तरीकाले काटेको र हेयर ट्रिटमेन्ट दिएर कपाललाई दीर्घकालीन नोक्सान पुर्याए पछि सैलुनले जरिवाना तिर्न परेको हो ।