बिहीबार २८ फागुन, २०८२

नेपाली समय

पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरमा

पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरमा

काठमाडौं, २० भदौ । पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औँ वार्षिकोत्सव सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा  पुलचोक ललितपुर रहेको छ । वरिष्ठ सौन्दर्यकर्मी रिना अवालेले संचालनमा ल्याएकी  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्चको वरिष्ठ सौन्दर्यबिच तथा समाजसेवी सोनी कारंजितले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

वरिष्ठ सौन्दर्यबिच तथा समाजसेवी सोनी कारंजितले उद्घाटनका क्रममा रिना अवाले द्वारा संचालित पहिलो पार्लर भन्दा अहिलेको  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सुविधा सम्पन्न भएको भन्दै यसले ग्राहकलाई अझ बढी सेवा–सुविधा दिने र आकर्षण बढाउने बत्ताइन् । रिना आफैँमा सफल र प्रतिभाशाली सौन्दर्यकर्मी भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस् भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् ।

रिना विगत लामो समय देखि केराटिन टेक्निसियन, हेयर स्टाईलिस्ट र ब्युटिसियनको रूपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औँ वार्षिकउत्सबको अवसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बत्ताइन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर अत्याधुनिक प्रविधि र सम्पूर्ण सुविधा सम्पन्न रहेको पनि उनले बत्ताइन्। महिलाहरूको लागि सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा र ब्युटिसियन सम्बन्धी, बेसिक, एडभान्स, र डिप्लोमा कोर्स सम्म ट्रेनिङको व्यवस्था रहेको उनले जानकारी गराइन ।

उक्त अवसरमा विशेष अतिथि वरिष्ठ सौन्दर्यबिच रुस्का श्रेष्ठले पानसमा बत्ती बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गर्दै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । त्यसैगरी, सो उद्घाटन समारोहमा वरिष्ठ सौन्दर्यकर्मी रचना  शाक्य, रेणु राना मगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिएका थिए ।

पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको १० औँ बार्षिकोत्सबको उपलक्ष्यमा वरिष्ठ सौन्दर्बिद रश्मिला श्रेष्ठ, सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ, अनिता खड्का, कमला लामिछाने, पुनम श्रेष्ठ, मेनुका सिवाकोटी, समाजसेवी अन्जु बुढाथोकी, रबिना केसी, निकिता पाण्डे, लोकप्रिय गायिका मञ्जु पौडेल, ऋतु कँडेल, फेसन डिजाइनर इन्ता श्रेष्ठ, काजल शर्मा, सुषमा सिंह, गोमा अधिकारी धिताल, पत्रकार ढब्बु क्षेत्री, कलाकार सुगत कारंजित, समाजसेवीहरू नारयण अधिकारी, कैलाश श्रेष्ठ, सोनु श्रेष्ठ, एन्फा उपाध्यक्ष सुन्दर थापा, माछापुच्छ्रे बैंकको ब्रान्च म्यान्जेर अनिता सुबेदी शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष रिना अवालेले उक्त अवसरमा बोल्दै  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर १० औँ वर्ष सम्म आइपुग्दा हजारौँ नयाँ सौन्दर्यकर्मीहरू उत्पादन गरेर उनीहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाएको र पार्लर बाट सामाजिक कार्य समेत उत्तिकै योगदान दिएको बताइन।  त्यसैगरी मुलुक भित्र रहेका प्रमुख सहरहरूमा गएर केराटिन तथा हेयर सम्बधिका विभिन्न ट्रेनिङ, सेमिनार र गोष्ठी समेत गराउदैं आएको जानकारी गराइन भने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद समेत दिइन्।

उक्त अवसरमा ११ जना नयाँ सौन्दर्यकर्मीहरूलाई प्रमाण(पत्र वितरण गर्नुको साथै उपस्थित अतिथिहरू लाई मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो भने सपोर्टर कम्पनीहरूलाई समेत मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो । १० औँ वर्षको अवसर पारेर केक काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको उत्सव मनाइएको थियो भने सौन्दर्यकर्मी प्रतिभा शाही र शकुन्तला अवालेलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सूर्य चन्दले गरेका थिए।