शनिबार ३० जेठ, २०८३

नेपाली समय

नेपाल बाल सङ्गठन पश्चिम नवलपरासीले बाल दिवसमा कविता प्रतियोगिता गर्ने

नेपाल बाल सङ्गठन पश्चिम नवलपरासीले बाल दिवसमा कविता प्रतियोगिता गर्ने

परासी, १८ भदौ । नेपाल बाल सङ्गठन (बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल सङ्गठन जिल्ला कार्य समितिको  परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९ गते बाल दिवसको दिन जिल्ला व्यापी मावि स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण र बालबालिकाको भोगाई शीर्षकमा बालमन्दिर परासीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको नेपाल बाल सङ्गठनका जिल्ला सभापति पृत्तम पौडेलले जानकारी दिए। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद तथा शिल्ड प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुनेले यही भदौ २८ गते भित्र नाम दर्ता गराइसक्नुपर्ने उक्त कार्यक्रमका संयोजक एवं बाल सङ्गठनका जिल्ला उपसभापति दीपक कुमार गैरेले बताए । कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्छन् । प्रतियोगिता अन्तर्गत तोकिएको शीर्षकमा विद्यार्थी स्वयम्ले कविता लेखन गरी बालदिवसको दिन हुने कार्यक्रममा वाचन गर्नुपर्ने नेपाल बाल सङ्गठन पश्चिम नवलपरासीका सचिव मोहन पौडेलले जानकारी दिए ।