एजेन्सी, १९ साउन । यो संसारमा धेरै मानिसहरू मिठो खाने र पिउनेको सौखिन हुन्छन् । केही मानिसहरू हाँसो ठट्टामा पनि खाने कुराको सर्त राख्छन् । कसैले चुनौती पुरा गर्छन् भने कसैलाई धेरै अफ्ठेरो पनि हुन्छ । एउटा यस्तै घटना भएको छ । अमेरिकामा ४७ वर्षका एक व्यक्तिले बर्गरमा भरिएको खुर्सानी खाने सर्तमा ठुलो मूल्य चुकाउन परेको छ ।
एक रिपोर्टको अनुसार खुर्सानी भरिएको बर्गर खाएपछि केही बेरमा नै उनलाई बान्ता आउन सुरु भएको थियो । बिस्तारै पेट बेस्सरी दुख्न थाल्यो । लगातार वान्ता भइरह्यो । उनको वान्ता धेरै भएको कारण घाँटीमा धेरै दबाब पर्दा घाँटी नै छेडिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरूले उनको घाँटीमा साढे २ इन्च सेन्टिमिटर प्वाल परेको जानकारी दिएका छन् । डाक्टरहरूले उनको ज्यान बचाएका छन् । उनको २ हप्ता लामो अस्पतालमा उपचार भएपछि निको भएर घर फर्किएका छन् ।
भुतिया झोलकिया नामको खुर्सानी संसारको सबैभन्दा पिरो खुर्सानी हो । यसको प्रयोग केबल ह्यान्ड ग्रिनेडमा मात्र गरिन्छ । यसलाई संसारकै सबैभन्दा ज्वलनशील खुर्सानी मानिन्छ ।