एजेन्सी, १९ साउन । अश्लील फिल्म बनाउने र बिक्री गर्ने गरेको आरोपमा बलियडकी अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । प्रहरीले ऐपबाट ५१ वटा अश्लील फिल्म जफत गरेसँगै राज कुन्द्रा झन् अफ्ठेरोमा परेका छन् ।
भारतीय मिडियाको अनुसार बम्बैको उच्च अदालतका सरकारी वकिलले प्रहरीले ५१ वटा अश्लील फिल्म भेटेका बताएका छन् । राजको दुई ऐपबाट फिल्म बरामद गरेको जनाएको छ । वकिलले फिल्मको सिधै सम्बन्ध राज कुन्द्रासँग भएको आरोप समेत लगाएका छन् ।
२७ जुलाईमा राजलाई १४ दिनको लागि न्यायिक हिरासतमा लिइएको छ । उनले लगातार जमानतको लागि हार गुहार गरे पनि उनको सुनुवाइ भएको छैन