बुधबार २८ माघ, २०८२

नेपाली समय

राज कुन्द्राले कमाए ५ महिनामा ‘ऐप’ बाट सवा करोड

राज कुन्द्राले कमाए ५ महिनामा ‘ऐप’ बाट सवा करोड

एजेन्सी, १७ साउन । अश्लील फिल्म बनाउने र बिक्री गरेको अभियोग लागेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टी तथा व्यवसायी राज कुन्द्रा हाल प्रहरीको न्यायिक हिरासतमा छन् ।

सोधपुछको क्रममा उनले अश्लील फिल्मको निर्माण र सोही फिल्म अनलाइन वितरणबाट पछिल्लो वर्ष अगष्ट र डिसेम्बरको बीचमा कम्तीमा पनि १ करोड १७ लाख रुपैयाँ आर्जन गरेको बताएका छन् । शिल्पाको पति राजलाई बम्बईको उच्च अदालतले जमानतको लागि अस्वीकार गरेपछि १४ दिनको न्यायिक हिरासतमा पठाएको हो ।

यसैगरी, राजसँगै पक्राउ परेका अर्का आरोपी रायन थोर्पले ‘हाँटशाँट्स’ ऐप (अनलाइन ऐप जसको माध्यमबाट अश्लील सामाग्री उपलब्ध गराउँथे ।)बाट २०२० अगस्टदेखि २०२० डिसेम्बरसम्म १ करोड १७ लाख ८८६ रुपैयाँ कमाएको खुलासा गरेका हुन् ।