बुधबार २८ माघ, २०८२

नेपाली समय

पति राज कुन्द्रालाई जोगाउदै शिल्पाः अश्लील फिल्मको कारोबारमा राज लिप्त भएको छैन

पति राज कुन्द्रालाई जोगाउदै शिल्पाः अश्लील फिल्मको कारोबारमा राज लिप्त भएको छैन

एजेन्सी, ११ साउन । शिल्पा शेट्टीको पति राज कुन्द्रालाई हाल अश्लील फिल्म बनाउने र बिक्री गरेको अभियोगमा प्रहरीले हिरासतमा लिएको छ । पछिल्लो हप्ता प्रहरीले नियन्त्रणमा लिएको कुन्द्रालाई हिरासतबाट बाहिर निस्कन त्यत्ति सहज देखिएको छैन । २३ जुलाईमा उनको सुनुवाइ हुने भनिएपनि २७ जुलाईसम्म अदालतले म्याद थपेको छ । यसैक्रममा मुम्बइको प्रहरी अपराध महाशाखाका केही अधिकारीहरू राजलाई लिएर उनको घर पुगेर शिल्पासँग पनि सोधपुछ गरेका छन् ।

इटाइम्सको अनुसार नाङ्गो फिल्मको कारोबारको बारेमा प्रहरीले शिल्पाको घरमा सोधपुछ गरेको हो । यसक्रममा मुख्य अभियुक्त राजकै अगाडी शिल्पालाई बसाएर सोधपुछ गरेको थियो । सोही क्रममा राज र शिल्पाबीच चर्को–चर्को स्वरमा भनाभन समेत भएको थियो । बयान दिँदै शिल्पा घुक्क–घुक्क रोएको समेत जनाइएको छ ।

मिडिया रिपोर्टको अनुसार सोधपुछको क्रममा शिल्पाले रुँदै एडल्ट फिल्म भएको एपमा कस्तो कन्टेन्ट हुने गर्थ्यो त्यसको बारेमा आफूलाई ठोस जानकारी नभएको बताएकी थिइन् । उनले अश्लील र इराटिक फिल्मको फरक–फरक कन्टेन्ट हुने भन्दै राजको एपमा इराटिक फिल्म भएको दाबी गरेकी थिइन् । साथै शिल्पाले पति कुन्द्रा अश्लील फिल्मको कारोबारमा लिप्त नभएको समेत जिकिर गरेकी छिन् । शिल्पाले क्राइम बान्चको टिमलाई यो प्रकरणले आफ्नो फिल्मी करियरमा निकै धक्का पुगेको बताएकी थिइन् ।

शिल्पालाई पनि कम्पनीबाट आम्दानी भएको धनले कुनै पनि तरिकाबाट फाइदा पुगेकोले अनुसन्धानको घेरामा शिल्पा पनि पर्न सक्ने इटाइम्सले जनाएको छ ।