मंगलबार ०१ मंसिर, २०८३

नेपाली समय

बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

काठमाडौँ, १५ कात्तिक । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा आज जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरिएको छ ।

विज्ञप्तिमा घटनाको स्वतन्त्र र पारदर्शी छानबिन, पीडितलाई उचित क्षतिपूर्ति तथा अनुसन्धान प्रक्रियामा बालमैत्री पद्धति अपनाउन आग्रह गरिएको छ । साथै सार्वजनिक कार्यक्रम र भीड नियन्त्रणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिन तथा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बालअधिकार परिषद्बाट घटनाको अनुगमन गर्न माग गरिएको छ ।