मंगलबार ३० भदौ, २०८३

नेपाली समय

कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने

कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने

कर्णाली, ११ भदौ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले भोटेकोशी बाढीपीडितलाई रु दुई लाख २५ हजार सहयोग गर्ने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैठकमा कर्णाली प्रदेशसभामा निर्वाचित कांग्रेसका १५ कर्णाली प्रदेशसभा सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही रु १५ हजार सहयोग गर्ने निर्णय भएको सो दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो । 

बाढीबाट भएको जनधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले बाढीमा परी मृत्यु हुने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । घाइतेको उपचारको प्रबन्ध मिलाउन, बेपत्ता भएकाको खोजी, पीडितको राहत, उद्धार र पुनःस्थापनामा विशेष प्राथमिकताका साथ जुट्न नेपाल सरकारलगायतका सम्बद्ध सम्पूर्ण सरोकारवाला पक्षसँग अपिल गरिएको नेता शाहीले बताउनुभयो ।