मंगलबार ३० भदौ, २०८३

नेपाली समय

नाडा अटो शो लक्षित गर्दै नेपाल बैङ्कको विशेष अटो लोन अफर सार्वजनिक

नाडा अटो शो लक्षित गर्दै नेपाल बैङ्कको विशेष अटो लोन अफर सार्वजनिक

काठमाडौँ, भदौ । नेपालकै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गइरहेको नाडा अटो शो २०२६  लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ । 

यस अवसरमा नेपाल बैङ्कले सबैखाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारिक सवारी साधन खरिद गर्न चाहने  ग्राहकहरूलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष अटो लोन योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले नाडा अटो शोमा नेपाल बैङ्क लिमिटेडबाट कर्जा लिई जुनसुकै ब्राण्डको सवारी साधन खरिद गर्दा बैङ्कको आधार दरमा ०.४९ प्रतिशत थप गरि हुन आउने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । त्यसैगरि यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने र कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शुल्क रु. तीन लाख सम्मको लाइफटाइमको सुविधा पनि प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

यस सम्बन्धमा नेपाल बैङ्क लिमिटेडले नाडा अटो शोमा सहभागी सम्पूर्ण ग्राहकवर्ग तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा बैङ्कको नवीनतम वित्तीय सेवा तथा सवारी कर्जा सुविधाबारे जानकारी लिन हार्दिक अनुरोध गरेको छ ।