मंगलबार ३० भदौ, २०८३

नेपाली समय

स्मार्ट लुब्रिकेन्ट्सको कारोबार वृद्धि, पाँचौँ साधारण सभामा आगामी योजनामाथि छलफल

स्मार्ट लुब्रिकेन्ट्सको कारोबार वृद्धि, पाँचौँ साधारण सभामा आगामी योजनामाथि छलफल

गौरादह, २५ साउन । गौरादह–६ स्थित स्मार्ट लुब्रिकेन्ट्स प्रा.लि. को पाँचौँ वार्षिक साधारण सभा तथा डिलर कन्फ्रेन्स चितवनको सौराहामा सम्पन्न भएको छ।

कम्पनीको वार्षिक गतिविधि, कारोबार तथा आगामी योजनाबारे छलफल गर्दै सम्पन्न कार्यक्रममा कम्पनीका ग्राहक, डिलर, सब–डिलर तथा शेयर सदस्यहरूको सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा कम्पनीको कारोबारमा उल्लेखनीय वृद्धि भएको जानकारीसमेत दिइएको छ।

कार्यक्रमका क्रममा सहभागीहरूले सौराहाको स्थानीय थारू संस्कृति तथा नृत्य अवलोकन गर्नुका साथै हात्ती सफारीको समेत अनुभव लिएका थिए। यसले औपचारिक कार्यक्रमसँगै सहभागीहरूलाई सौराहाको पर्यटन र स्थानीय संस्कृतिसँग नजिकबाट परिचित हुने अवसर प्रदान गरेको थियो।

कार्यक्रम सफल बनाउन निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने ग्राहक, डिलर, सब–डिलर तथा शेयर सदस्यहरूप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

उक्त जानकारी स्मार्ट लुब्रिकेन्ट्स प्रा.लि.का कार्यकारी निर्देशक सुरज बराइलीले जानकारी उपलब्ध गराएका हुन्।