शनिबार ३० साउन, २०८३

नेपाली समय

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं, २० साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार  कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु  दुई लाख ८३ हजार ८०० थियो । 

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७  र चाँदीको  मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।