सोमबार ०४ साउन, २०८३

नेपाली समय

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

बागमती, २३ असार । लामो समयदेखि बन्द  हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने  हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं  परीक्षण अघि बढेको छ ।  

सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो ।

उद्योग  विसं २०३२ मा स्थापना भएको थियो । विसं २०३५ देखि  विसंं २०५६ सम्म कपडा उत्पादन भई विसं २०५७ देखि उद्योग बन्द भएको थियो । 

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उहाँले बताउनुभयो । कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन् ।