विदुर, १४ असार । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले ससुराली जिल्ला नुवाकोट पुगेर "नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो" भएको बताएका छन् । उनी शनिबार वैवाहिक कार्यक्रममा सरिक हुन नुवाकोट पुगेको समय उक्त कुरा बताएका हुन् ।
नुवाकोटबाट राजनीति वृत्त र सरकारको प्रमुख स्थानमा पुग्नेको सङ्ख्या उल्लेख्य भएतापनि नुवाकोटको विकासमा नागरिकले अनुभूत गर्नेगरी विकास नभएको पाए पश्चात् उनले आफ्नो कान्छो ससुरा जगदेश्वर नरसिंह के.सि.लाई "नुवाकोटको छोरी राम्रो तर बाटो नराम्रो" भएको बताएका हुन् । ससुरा जगदिश्वर नरसिंह के.सि. सङ्घीय सांसदको पदमा प्रतिस्पर्धी रहेका थिए ।
थापाले यात्राको क्रममा बाटोको अवस्था चित्तबुझ्दो नपाएपछि आफ्नै ससुरासँग व्यङ्ग्यात्मक शैलीमा "नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो" भएको बताएका हुन् ।