वीरगंज, २३ जेठ । सीमानाकाबाट हुने तस्करी लगायतका अवैध कारोबार कुनै नौलो विषय होइन । सीमानाकाबाट हुने तस्करी लगायतका अवैध कारोबार नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर पर्सा जिल्लामा भने प्रहरीको ग्रान्ड डिजाईनमा सङ्गठित तस्करी भइरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका क्राईम इन्चार्ज बरिष्ठ सई लोकेन्द्र पण्डितको ग्रान्ड डिजाईनमा भारतसंग जोडिएको पर्साको छपकैया, ईनर्वा, सिर्सिया, ड्राईपोर्ट, अलौं, अमरपट्टी, प्रसौनीभाठ्ठा, भिस्वा, जानकीटोला लगायत सिमाबाट सङ्गठित तस्करी भइरहेको स्रोतको दाबी छ ।
वीरगंजको छपकैया, ईनर्वा, सिर्सिया लगायत नाकाबाट टेम्पो, अटो, मोटरसाईकल तथा भरियामार्फत लत्ताकपडा, विभिन्न ईलेक्ट्रोनिक, हार्डवेयर, विभिन्न गाडी गाडीका पार्टपुर्जा चपल, जुत्ता, भारतीय ब्राण्डका गुट्खा, दैनिक उपभोग्य विभिन्न खाद्यान्न सामग्री लगायतको तस्करी भइरहेको प्रहरी स्रोतले समेत जनाएको छ ।
पछिल्लो समय सर्वसाधारणले घरायसी प्रयोजनका सामानहरू ल्याउँदा हँदैसम्म कडाइ गरेको प्रहरीले अहिले भने ती नाकासहित अमरपट्टी, प्रसौनीभाठ्ठा, सवैठ्वा, भिस्वा, जानकीटोला लगायता सिमानाकाबाट लत्ताकपडा लगायत कुखुराको चल्ला, माछा, राँगाभैसी, ठुलो परिणाममा तस्करी भइरहेको स्रोतले जनाएको छ ।
पर्साको यी नाकाबाट हुने तस्करी वापतको असुलीका लागि वरिष्ठ सई लोकेन्दले आफ्ना मुख्य विश्वासपात्र प्रहरी जवान आशिष पौडेल, टाईगर टोलीका दिनेश सिंह र जोगिन्द्र यादवलाई घुमुवाको रूपमा परिचालन गरेका छन् ।
त्यसबाहेक सिमानाका लगायत जिल्लाभरी रहेका प्रहरी चौकी, ईलाका प्रहरी, वडा प्रहरीमा समेत आफ्ना नजिकका प्रहरीलाई अघोषित घुमुवाको रूपमा खटाउँदै तस्करीको रकम असुल्दै आएको स्रोतको दाबी छ । जसमा वडा प्रहरी कार्यालय श्रीपुरको घुमुवामा दिपेश क्षेत्री, प्रहरी चौकी ईनार्वामा रबीरन्जन यादव, छपकैयामा चौधरी थरका, परवानीपुर चौकीमा जमिल अख्तर, बिर्तामा सिंह थरका, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा श्रीलाल मण्डल लगायतका प्रहरीहरुलाई घुमुवाको रूपमा परिचालन गरेको स्रोतको जनाएको छ । स्रोतले यी घुमुवाहरुको नाममात्रै जानकारीमा आएपनि विभिन्न प्रहरी चौकीहरुमा भने चौकी इन्चार्जसहित उनले आफ्ना कमाण्डका घुमुवालाई राखेर तस्करीको लाईन चलाएका छन् ।
बरिष्ठ सई लोकेन्द्र पण्डित पर्सा जिल्लामा आएको झण्डै डेढ वर्षको अवधीमा पर्साका विभिन्न ठाउँमा कैयौँ करोडको कपडा, हार्डवेयर, कुखुराको चल्ला, माछा लगायतका तस्करीका अवैध मालसामान समातिएको पर्सा प्रहरीको तथ्याङ्कले देखिन्छ । तर प्रहरीले ती तस्करीको कारोबार गर्ने तस्कर वा व्यापारीलाई गरी कानूनी कारबाही गरेको देखिन् । जबकी लागु औषध गाँजा लगायतका अवैध मालसामान पक्राउ गर्दा कारोबारमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी मुद्दा चलाएको प्रहरीकै तथ्याङ्कले देखिन्छ । तर तिनै घुमुवा प्रहरी र चौकी इन्चार्जको सहयोगमा सेटिङ्ग नमिलेको तस्कर र अवैध कारोबारीको सामान समातेर पछि सेटिङ्ग मिलाउँदै बरिष्ठ सई लोकेन्द्र पण्डितले पर्सामा तस्करीको साम्राज्य चलाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख एसपी सुदिपराज पाठक भएपनि तस्करी लगायतका अवैध कारोबारको लाईन मिलाउने मुख्य डिजाईन नै सई लोकेन्द्र पण्डित रहेको बताईन्छ । जसमा एसपी पाठकको समेत मिलेमतो हुने गरेको बताईन्छ ।
स्रोत अनुसार घुमुवा र प्रहरी चौकीका इन्चार्जमार्फत असुली हुने तस्करी वापतको रकम सई पण्डित मार्फत एसपी पाठकले हिस्सा पाउँदै आएको स्रोतको दाबी छ ।
वरिष्ठ सई पण्डितले नै चौकी–चौकीमा परिचालन गरेका आधा दर्जनभन्दा बढी घुमुवाहरु प्रदेश कार्यालय लगायत तानिए पनि प्रहरी प्रधान कार्यालयसम्म ठुलो पहुँच बनाएका सई लोकेन्द्र पण्डित एकवर्षभन्दा बढी समयदेखी पर्सामा तस्करीको सम्राज्य चलाउँदै आए पनि उनलाई भने कारबाही भएको छैन ।
तस्करीका विषय बारे सोध्न एसपी पाठकलाई फोन गर्दा म्यासेजनमा गर्न प्रतिक्रिया दिँदै आएका छन् । अर्को पटक फोन गर्दा फोन नै उठाएनन् ।