सोमबार २५ जेठ, २०८३

नेपाली समय

उपत्यका मोबाइल व्यवसायी सङ्घको अध्यक्षमा उमेश चौलागाईं चयन

उपत्यका मोबाइल व्यवसायी सङ्घको अध्यक्षमा उमेश चौलागाईं चयन

काठमाडौँ, १६ जेठ । उपत्यका मोबाइल व्यवसायी सङ्घको अध्यक्ष पदमा उमेश प्रसाद चौलागाईं चयन भएका छन् । चौलागाईं उपत्यका मोबाइल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा चयन भएका हुन् ।  

उपत्यका मोबाइल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण तथा तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएपश्चात् चौलागाईंले नयाँ कार्यसमितिमा जिम्मेवारी प्राप्त गर्नु भएका सम्पूर्ण पदाधिकारी एवं सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।  

चौलागाईंले सङ्घमा निर्वाचित भएपश्चात् सदस्य सङ्ख्या विस्तार गर्दै सबै व्यवसायीलाई संस्थामा आबद्ध गराउने, साधारण सभा तथा अधिवेशनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने, सदस्य चयन प्रक्रियालाई पारदर्शी, सक्रिय, प्रभावकारी र व्यवसायीमैत्री बनाउने, अनलाइन बजार व्यवस्थापन र चुनौतीका विषयमा नियमित छलफल तथा सहकार्य गर्ने, मोबाइलको बढ्दो महँगी र बजार व्यवस्थापनका विषयमा ग्राहकसँग कसरी व्यवहार गर्ने भन्नेबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, CTEVT मार्फत मोबाइल टेक्निसियनहरूका लागि तालिम कार्यक्रम ल्याउने पहल गर्ने जस्ता प्रतिबद्धताहरु गरेका छन्। 

 अधिवेशनबाट उपाध्यक्षमा प्रमोद कार्की, महासचिवमा अर्जुन कुमार बास्तोला, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा करीसमा श्रेष्ठ, सह कोषाध्यक्षमा]मोहन  कार्की चयन भएका छन् । त्यसैगरी, सदस्य पदमा राजेन्द्र पौडेल, सन्तोष रिमाल लगायत अन्य तेह्र जना चयन भएका छन्।

सङ्घको वार्षिक साधारण सभा हाइपो क्याफे चावहिल, काठमाडौँमा सम्पन्न भएको थियो।