सोमबार २५ जेठ, २०८३

नेपाली समय

रास्वपा पौवादुङमा पालिका सभापतिमा राम कुमार राई निर्वाचित; पालिका प्रमुखमा उम्मेदवारी हुने चर्चा

रास्वपा पौवादुङमा पालिका सभापतिमा राम कुमार राई निर्वाचित; पालिका प्रमुखमा उम्मेदवारी हुने चर्चा

भोजपुर, १४ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा रास्वपा पौवादुङमाको भेला सम्पन्न भएको छ। रास्वपा भोजपुर जिल्ला सभापति ईश्वर कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  पौवादुङमाको प्रथम अधिवेशनमा १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।

उक्त भेलाले राम कुमार राईको सभापतित्वमा ९ सदस्यीय समिति निर्वाचित गरेको छ।त्यस्तै गरी समितिको उपसभापतिमा दिपक खड्का (सानोदुम्मा),सचिवमा सन्जय ढकाल (तिवारी भन्ज्याङ्ग), सहसचिवमा बाबुराम तामाङ(ठुलोदुम्मा),(कोषाध्यक्ष)बेनी प्रसाद श्रेष्ठ (तिवारी भन्ज्याङ्ग),सदस्यहरुमा मन्दिरा बि.क,फुलसरी तामाङ,राम कुमार खड्का,अम्बर बस्नेत,अनिल राई रहेका छन् । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाको ३ नम्बर वडा च्याङ्ग्रेमा झण्डै ४० वर्ष शिक्षण पेसामा आबद्द रहेर लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालिइसकेका राम कुमार राई रास्वपा पौवादुङमाको नेतृत्वमा आएसँगै पौवादुङमाको राजनितिमा चर्चा सुरु भैइरहेको छ।

पौवादुङमामा सर्वाधिक चर्चित र लोकपृय रहेका राई   समानुपातिक सांसदमा उम्मेदवार हुन पार्टी पंक्तिले अनुरोध गरेतापनी पनि आफू स्थानीय सरकारको नेतृत्व सम्हाल्दै जनताको काम गर्ने चाहना समेत व्यक्त गरेका छन्।

निडर र शालीन स्वभावका राई स्वच्छ छवि भएका व्यक्तित्व मानिन्छन् । उनले पालिका अध्यक्षको उम्मेदवारी हुने चर्चाले अन्य प्रतिस्पर्धी राजनीतिक दलहरूलाई चुनौती थपिएको छ।