काठमाडौं, १३ जेठ । आज माइतीघर मण्डलामा संयुक्त नागरिक पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीका सङ्घीय संसदमा खुस्बु ओलीद्वारा ख्रिष्टियन समुदायलाई लक्षित गरेर सदनमा व्यक्त अभिव्यक्ति “गरिबीको फाइदा उठाएर धर्मान्तरण गराइयो” भन्ने शब्दका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीको विशेष महाधिवेशन आयोजक समिति संयोजक दल मर्दन कामी द्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीले संसद वलिको उक्त अभिव्यक्तिले संविधानको मर्म, धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव विपरीत रहेको उल्लेख गर्दै सच्याउन आग्रह गरेको हो ।
पार्टीका संयोजक दल मर्दन कामीद्वारा प्रेस विज्ञप्ति वाचन गर्दै उनले वली द्वारा सदनमा गरेको सम्बोधनले नेपालको संविधान २०७२ को धारा २६ ले प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको स्मरण गराइएको छ। कामिले कुनै पनि धर्म वा आस्था अपनाउनु व्यक्तिको व्यक्तिगत स्वतन्त्रता, विवेक तथा मानव अधिकारको विषय भएकाले कुनै समुदाय वा आस्थामाथि लक्षित अभिव्यक्ति गर्नु उचित नभएको जनाए ।
विज्ञप्तिमा यस्ता गैरजिम्मेवार तथा विभाजनकारी अभिव्यक्तिले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। साथै संयुक्त नागरिक पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सांसद खुस्बु ओलीलाई विवादित अभिव्यक्ति सच्याउन आग्रह गरेको छ।
पार्टीले संविधानको मर्म र भावना विपरीत कुनै पनि धर्म, समुदाय वा आस्थामाथि आघात पुग्ने अभिव्यक्ति नगर्न तथा नगराउन सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाहरूलाई समेत आग्रह गरेको छ।