सोमबार २५ जेठ, २०८३

नेपाली समय

'युवा उद्यमशीलता र व्यवसाय विस्तारका विषयमा सङ्घमार्फत प्रभावकारी पहल गर्न चाहन्छु':  मोहन बराइली (संचालक एवं  नव उद्यमी)

'युवा उद्यमशीलता र व्यवसाय विस्तारका विषयमा सङ्घमार्फत प्रभावकारी पहल गर्न चाहन्छु':  मोहन बराइली (संचालक एवं  नव उद्यमी)

विर्तामोड, ८ जेठ । झापाको गौरादहमा जेठ नौ गते शनिबार 'गौरादह उद्योग वाणिज्य सङ्घ' को चुनाव हुदैछ । उद्योग वाणिज्य सङ्घमा स्मार्ट लुब्रिकेन्ट्सका सञ्चालक एवं नव उद्यमी मोहन बराइलीले सङ्घको निर्वाचनमा सदस्य पदको लागि उम्मेदवारी दिंदै प्रतिष्पर्धामा हुनुहुन्छ।  गौरादह उद्योग वाणिज्य सङ्घमा उहाँको उम्मेदवारी र यदि विजयी भएको खण्डमा उक्त सङ्घमा उहाँको योगदान के हुनसक्छ भन्ने विषयलाई लिएर गरिएको संक्षिप्त कुराकानीको अंश: 

तपाईँको व्यावसायिक यात्रा कहाँबाट सुरु भयो ?

मेरो व्यावसायिक यात्रा काठमांडूमाँ लुब्रिकेंट्सको रु ५००० को जागिरबाट सुरु भ्याएको हो  ! हाल जागिरबाट उद्योगमा प्रवेश गरेको छु जसमा ५० जना रोजगार छन् !नेपालमै गुणस्तरीय लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने उद्देश्यबाट सुरु भएको हो।

गौरादह उद्योग वाणिज्य सङ्घमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य के हो ?

“गौरादह क्षेत्रका उद्योगी, व्यवसायी तथा उद्यमीहरूको हक–हित संरक्षण गर्दै स्थानीय व्यापारलाई अझ व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ।

व्यवसायीहरूले भोगिरहेका समस्या- जस्तै बजार व्यवस्थापन, कर तथा नीतिगत चुनौती, लगानीको वातावरण, युवा उद्यमशीलता र व्यवसाय विस्तारका विषयमा सङ्घमार्फत प्रभावकारी पहल गर्न चाहन्छु।

साथै, गौरादहको व्यापारिक सम्भावनालाई अझ मजबुत बनाउन, व्यवसायीहरूबीच सहकार्य बढाउन र नयाँ पुस्तालाई उद्यमतर्फ आकर्षित गर्न मेरो उम्मेदवारी केन्द्रित रहनेछ।”

सदस्य पदमा निर्वाचित भएपछि व्यवसायीका लागि के काम गर्ने योजना छ ?

मेरो योजना म बुँदागत रुपमा राख्न चाहन्छु:

१) व्यवसायीको हक,अधिकार र दायित्वमा जोड दिने !

२) हाम्रो गौरा दह राम्रो गौरा दह बनाउन जोड दिने !

३) स्थानीय उत्पादन र बजारीकरणलाई बिस्तार  गर्ने !

४) गौरादहको कृषि,पर्यटन र सुन्दरतामा जोड दिने !

५) गौरादहमा मेला, महोत्सवको आयोजन गरी गौरादहलाई अर्थपूर्ण नगरको रूपमा विकास गर्न पहल गर्ने !

सङ्घभित्र सुधार गर्नुपर्ने पक्ष के देख्नुहुन्छ ?

गौरा दह उद्योग वाणिज्य सङ्घ भित्र अझ प्रभावकारी समन्वय, पारदर्शिता र व्यवसायी–मैत्री कार्यशैली आवश्यक देख्छु।

विशेषगरी साना तथा मध्यम व्यवसायीका समस्या सुन्ने र समाधानका लागि छिटो पहल गर्ने व्यवस्था अझ बलियो हुनुपर्छ भन्ने मेरो धारणा छ।

त्यसैगरी:

* सदस्य व्यवसायीहरूसँग नियमित संवाद,

* आधुनिक प्रविधिको प्रयोग,

* युवा उद्यमीलाई अवसर,

* तालिम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम,

* बजार व्यवस्थापन र नीति समन्वय

जस्ता विषयमा सङ्घ अझ सक्रिय हुनुपर्ने आवश्यकता देखिन्छ।

व्यवसायी तथा मतदातालाई तपाईँको मुख्य सन्देश के छ ?

मेरो मुख्य सन्देश भनेको- “सङ्घ सबै व्यवसायीको साझा संस्था हो, यसलाई अझ बलियो, पारदर्शी र परिणाममुखी बनाउन हामी सबै एकजुट हुनुपर्छ” भन्ने हो।

म व्यवसायीहरूको वास्तविक समस्या उठाउने, निष्पक्ष रूपमा काम गर्ने र गौरादहको व्यापारिक वातावरणलाई अझ सुरक्षित तथा व्यवस्थित बनाउन प्रतिबद्ध छु।

तपाईँहरूको विश्वास, सुझाव र साथले मात्रै सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास राखेको छु।

त्यसैले तपाईँहरूको अमूल्य मत दिई कार्य सदस्य निर्वाचित गर्दै थप जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।