कञ्चनपुर, २९ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का महिला नगरपालिकाको ‘एक वडा एक उद्यम’ कार्यक्रम अन्तर्गत पटेरो घाँसबाट गुन्द्री बुन्ने सीप सिक्दै । स्थानीय साधनस्रोत र परम्परागत सीपको उपयोग गर्दै महिलालाई स्वरोजगार र व्यावसायिक बनाउन तालिम सञ्चालन गरिएको हो । तस्बिरः राजेन्द्रप्रसाद पनेरू