बुधबार ३० बैशाख, २०८३

नेपाली समय

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

इनरुवा(सुनसरी), २३ वैशाख । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट  १४८ केजीगाँजा बरामद भएको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो ।