बुधबार ३० बैशाख, २०८३

नेपाली समय

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार (भोजपुर), २३ वैशाख । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले राससलाई बताउनुभयो । भोजपुरमा दुई नगरपालिका र सात  गाउँपालिका छन् ।