शनिबार २८ चैत, २०८२

नेपाली समय

वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा

वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा

अर्घाखाँची, ७ चैत । नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक समिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’  गीत बजारमा आएको छ । 

मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उहाँको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ ।  यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा विश्वास नेपालको सङ्गीत संयोजन, लम्सालसँगै सपना गाहा र सम्झना रणपालको स्वर रहेको छ । 

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको मगर्नीको तीनपाने भाग १ ले पाँच ‘मिलियन’भन्दा बढी ‘भ्युज’ प्राप्त गरेको थियो । मगर समुदायको तीनपाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै प्रस्तुत गर्नुभएको छ ।

लम्सालले १५० भन्दा बढी गीतमा स्वर दिइसक्नुभएको छ । 

https://youtu.be/gCtryAIXI5o?si=kpVwpDj4Zm3jxWX8