शनिबार २८ चैत, २०८२

नेपाली समय

विचार: समानुपातिक प्रतिनिधित्व: लोकतन्त्रको आत्मा र चुनावपछिको अपरिपक्व राजनीति

विचार: समानुपातिक प्रतिनिधित्व: लोकतन्त्रको आत्मा र चुनावपछिको अपरिपक्व राजनीति

नेपालको सङ्घीय लोकतान्त्रिक इतिहास लामो सङ्घर्ष, बलिदान र ऐतिहासिक बलिदानको जीवन्त कथा हो। नेपाली समाजमा शताब्दीयौँदेखि विभिन्न समुदाय, जाति, धर्म, क्षेत्र र लिङ्गका आधारमा उत्पीडन भोगेका व्यक्तिहरूले आफ्नो अस्तित्व र आवाजको सुनिश्चितताका लागि बलिदानीपूर्ण विद्रोह गरेको परिणाम हो ।

यस सङ्घर्षको परिणामस्वरूप नेपालको संविधानले सङ्घीयता धर्म निरपेक्षता समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता सहितको  व्यवस्था गरेको हो। समानुपातिक प्रणाली कुनै व्यक्तिको स्वार्थ पद प्राप्त गर्ने साधन होइन, बरु राज्यको संरचना र नीति निर्माण तहसम्म विभिन्न उत्पीडित समुदायको आवाज पुर्‍याउने लोकतान्त्रिक उन्नत उपकरण हो।

तर पछिल्लो अर्थात् प्रतिनिधि सभा २०८२ को चुनावपछिका केही घटनाहरूले देखाएको छ कि समानुपातिक प्रणालीप्रति केही उम्मेदवार र राजनीतिक गतिविधिहरूले संवेदनशीलतालाई गम्भीर रूपमा बेवास्ता गरेका छन्। बन्दसूचीमा नाम परेका उम्मेदवारहरू, जसको उद्देश्य आफ्नो समुदायको प्रतिनिधित्व गर्नु हो, कतिपय अवस्थामा व्यक्तिगत स्वार्थ, पदलालसशा र हतारमा आधारित राजनीति खेलमा फसिरहेका छन्। सामाजिक सञ्जालमा आफ्नो पार्टी नेतृत्वसँग समेत देखिने गरी सामाजिक सञ्जाल मार्फत धाकधम्की, घुर्क्याउने शैली, र नेतृत्वत्वलाई अपमान गर्ने प्रवृत्तिहरू लोकतान्त्रिक संस्कारमाथिको प्रत्यक्ष प्रहार हुन्।

त्यस्ता उम्मेदवार र नेतृत्वले समेत समानुपातिक प्रतिनिधित्वको मूल उद्देश्य बुझ्नु अत्यावश्यक देखिएको छ। यो व्यवस्था दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, महिला, पिछडिएको क्षेत्रका नागरिक र अन्य जातीय धार्मिक सांस्कृतिक र भौगोलिक रूपमा उत्पीडित समुदायहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नका लागि स्थापित गरिएको हो। यसैले बन्दसूचीमा नाम परेका उम्मेदवारहरू केवल व्यक्तिगत पात्र होइनन्; उनीहरू उत्पीडित समुदायको प्रतिनिधि, सङ्घर्ष र पहिचानको वाहक र बुलन्द आवाज  हुन्।

तर चुनावपछि सामाजिक सञ्जालमा छताछुल्ल देखिएका केही पार्टी र त्यसका नेतृत्व र समानुपातिक बन्द सूचिमा परेका व्यक्तिहरुको व्यवहारले स्पष्ट रूपमा देखाएको छ कि तिनीहरूमा राजनीतिक परिपक्वता, संयम र धैर्यको अभाव छ।

“मलाई अवसर नदिए पार्टी सिद्ध्याइदिन्छु” छोड्नु भन्ने केहिले त आफू नपर्ने देखे पछि समानुपातिक बन्द सूची बाट नाम फिर्ता लिएको घोषणा जस्ता अपरिपक्वता धाकधम्कीपूर्ण अभिव्यक्तिहरू देखियो तिनीहरूमा रवैया देखियो यसले तिनका पार्टी सङ्गठनको अनुशासनलाई कमजोर बनाउने मात्रै हैन लोकतन्त्रको आत्मा, समानुपातिक प्रणाली प्रतिको मर्म भावना विश्वसनीयता र आम जनताको विश्वासमाथिनै ठुलो  चोट पुर्‍याएको देखियो । यसरी स्वार्थ र आवेगमा आधारित खेलले मुलुकका राजनीतिक संस्कारलाई खतरा पुर्‍याउँछ।

पार्टीले सिफारिस गरेका प्रायः समानुपातिक सूचीमा रहेका सबै उम्मेदवार योग्य नै हुन्छन्। कसैलाई अयोग्य ठानेर सूचीमा राखिँदैन। तर प्राप्त हुने सिट सीमित हुन्छ। यस अर्थमा, बन्दसूचीमा रहेका सबै उम्मेदवारलाई एकै पटक अवसर दिन सकिँदैन। लोकतन्त्रमा अवसर क्रमशः प्राप्त हुन्छ; दबाब, धम्की वा घमण्डका आधारमा होइन।

हरेक सामाजिक राजनैतिक नेतृत्व नेताकार्यकर्तामा राजनीति  धैर्य, संयम, सङ्घर्ष र दीर्घकालीन प्रतिबद्धता सफलताको मार्ग हो। राजनीतिक यात्रा छोटो दौड होइन, बरु म्याराथन जस्तै हो। यसमा हतार र आवेगले निर्णय गर्दा व्यक्तिगत प्रतिष्ठा, सङ्गठनको अनुशासन र लोकतान्त्रिक संस्कारलाई क्षति पुर्याउछ यसलाई हरेकले बुझ्न जरुरी छ । यदि आज अवसर प्राप्त नगर्नेहरू आत्तिन्छन् वा पाउनेहरू मातिन्छन् भने त्यस्तो पार्टी सङ्गठन, लोकतन्त्र र समाज दुवैलाई दीर्घकालीन रूपमा घाटा पुग्नेछ।

यदि पार्टी सङ्गठन त्यसको नेतृत्वले समानुपातिक प्रणालीको सत्ता शक्ति धाकधम्कीको कारण दुरुपयोग  भए आमउत्पीडित समुदायका सङ्घर्ष त्याग तपस्या र बलिदानको मूल्यलाई पनि कमजोर पार्दछ र यदि केही व्यक्तिहरूले आफ्नो पद र स्वार्थको लागि दबाब, धम्की र सामाजिक सञ्जालको प्रभाव प्रयोग गर्छन् भने यो केवल पार्टी सङ्गठनको आन्तरिक अनुशासनमाथिको आक्रमण मात्रै होइन, बरु लोकतन्त्रको प्रणाली प्रति घात प्रतिघात भनेर बुझ्नुपर्छ भने यस्तो प्रवृत्ति रोक्न नेतृत्व र आम नागरिक दुवैको जिम्मेवारी हुनुपर्छ ।

हामी सबैले बुझ्नै पर्नेकुरा समानुपातिक प्रतिनिधित्व केवल पद प्राप्तिको माध्यम मात्र होइन। यो सामाजिक न्याय, समावेशिता र राज्य संरचनामा वास्तविक प्रतिनिधित्वको प्रश्न हो। यसलाई व्यक्तिगत स्वार्थ वा तुरुन्तै प्राप्त हुने अवसरको खेल बनाउने जो कोहीले लोकतन्त्रको मूल्य माथि प्रहार गरिरहेका हुनेछन् ।

राजनीतिक संस्कारमा धैर्य र संयमको महत्त्व अत्यन्तै उच्च छ। अवसर आज नपाए भोलि आउँछ। तर स्वार्थ, आवेग र घमण्डले अवसरलाई नष्ट गर्न सक्छ। समानुपातिक उम्मेदवारहरूले आफ्नो समुदायको प्रतिनिधित्वको भावनालाई बुझ्दै जिम्मेवारीपूर्ण व्यवहार खड्कीएको देखियो यसको अन्त्य गरेर आत्मासमिक्षा सहित सही सदुपयोग गरेर देखाउन आवश्यक छ। समय आउँछ नपाउनेहरूले आतिनु हुँदैन; पाउनेहरूले मातिनु हुँदैन। यो नै दीर्घकालीन राजनीतिक परिपक्वता हो।

प्रतिनिधि सभा निर्वाचन २०८२ समानुपातिक मत गणना पछि समानुपातिक प्रणालीमा पार्टी बाट बन्द सूचिमा नाम परेका केही पार्टीका उम्मेदवारहरू बाट  सामाजिक सञ्जालमा नेतृत्वत्वलाई धम्की दिने, पार्टी र सुगठनविरुद्ध सार्वजनिक रूपमा आलोचना गर्ने प्रवृत्ति व्यापक देखियो यो समानुपातिक प्रणालीको मर्म भावना र यसको प्रक्रियामै अन्जान रहेको पाइयो। जसकारण समानुपातिक संसद बन्नलाई धाक धम्की र घुर्कीले सामाजिक सञ्जाल भरी देखियो  यसलाई घिनलाग्दो, अव्यवहारिक र अराजनीतिक अपरिपक्व व्यवहार मान्नुपर्छ। यसले नेतृत्वमाथि अनावश्यक दबाब सिर्जना गर्छ, बरु आम जनतामा पनि नकारात्मक सन्देश पुर्‍याउँछ। जनताले राजनीतिक दलहरूबाट जिम्मेवारी, अनुशासन र दीर्घदृष्टिको अपेक्षा राखेका हुन्छन् ।

मेरो आग्रह के हो भने सबैले बुझ्नुपर्छ कि, समानुपातिक प्रणालीको मूल भावना भनेको समावेशिता, न्याय र प्रतिनिधित्वलाई कायम राख्नु हो र यसलाई स्वार्थ र आवेगको साधन बनाउन हुँदैन  जसले लोकतन्त्रप्रति विश्वासमा खलल पुर्‍याउँछ। समानुपातिक प्रणाली प्रति बिश्वास घट्छ त्यति मात्रै होइन नेतृत्वलाई धम्की र घुर्क्याउन मनोबल बढ्ने र झन्झन् गतिरोध बढिरहने हुन्छ तसर्थ यस्तो प्रवृत्ति तत्काल रोकिनु पर्छ।

सङ्गठनभित्रको निर्णय प्रक्रिया नियम, प्रक्रिया र सामूहिक विवेकको आधारमा समानुपातिक प्रणालीलाई इमानदार सञ्चालन कार्यन्वयनमा ल्याउनु पर्छ ।

सामाजिक सञ्जालमा देखिएको यसकिसिमको खेल हेर्दा राजनीतिमा धैर्य र दीर्घकालीन प्रतिबद्धता खड्किएको र इमानदारीताको माग गर्छ। राजनीतिक मर्यादा, अनुशासन र जिम्मेवारीको पालन नगरे लोकतन्त्रको मूल्य कमजोर हुन्छ। नपाउनेहरूले धैर्यपूर्वक अर्को अवसरको प्रतीक्षा गर्नुपर्छ; पाउनेहरूले आभारी, जिम्मेवार र संयमित व्यवहार देखाउनुपर्छ।

निर्वाचन सँग गाँसिएको जति पनि छन् लोकतन्त्रमा नेतृत्व केवल चुनाव जित्ने वा पद पाउने कुरामा सीमित छैन। यसको सुन्दरता संयम, जिम्मेवारी, दुरदृष्टि र नैतिकताको पालनमा निहित छ। समानुपातिक प्रतिनिधित्व प्रणालीलाई स्वार्थ र आवेगको खेलबाट जोगाउँदै यसको वास्तविक उद्देश्य समावेशी, न्यायपूर्ण र प्रतिनिधिमूलक राज्य निर्माणमा अग्रसर हुनु आजको अपरिहार्य आवश्यकता हो।

हरेक नेताकार्यकर्ताले बुझ्नुपर्ने कुरा राजनीतिक परिपक्वता, संयम र धैर्यले मात्र लोकतन्त्र बलियो रहन्छ पार्टी सङ्गठन सशक्त बन्छ । यदि आजको युवा, आगामी राजनीतिक नेतृत्व र वर्तमान उम्मेदवारहरू यस कुरालाई बुझ्छ सकिएन भने त्यसले दीर्घकालीन असार पार्दछ भन्नेकुरा बुझेमात्रै नेपालमा समानुपातिक प्रतिनिधित्व प्रणालीले आफ्नो वास्तविक उद्देश्य पूरा गर्न सक्छ।

 सामाजिक न्याय, समावेशिता र सबै वर्गका समुदायको नागरिकलाई बराबरी अवसर प्रदान गर्नुमा समानुपातिक प्रणाली त्यसको अभिन्न अङ्ग हो। यसलाई कमजोर पार्न, व्यक्तिस्वार्थ र हतारमा घिनलाग्दो खेल खेल्नेहरूले आफ्नो समुदायको आवाज दमन त गर्छनै लोकतन्त्रको विश्वासमा कुठाराघात गर्छ।

आज हामी सबै नेतृत्व,नेता कार्यकर्ता , उम्मेदवार, राजनीतिक दल र आम नागरिक सबै एकताबद्ध  हुनुपर्छ।  स्वार्थविहीन, जिम्मेवार र अनुशासित राजनीति व्यवहार देखाउनुपर्छ। यही मूल दर्शन र व्यवहारले मात्रै  समानुपातिक प्रणालीलाई सफल बनाउन सकिन्छ र  लोकतन्त्रलाई दिगो, सुदृढ र विश्वासिलो बनाउनसकिन्छ ।

समानुपातिक प्रतिनिधित्व उत्पीडित समुदायको न्याय, सामाजिक समावेशिता र ऐतिहासिक सङ्घर्षको सम्मान र उत्पीडितहरूको अवसर हो। समानुपातिक प्रणाली स्वार्थको खेलमा परिणत गर्नेलाई इतिहासले सराप्ने छ  सत्ता र शक्तिको कसैले दुरुपयोग गर्नु हुन्न लोकतन्त्र र समाजको भलाइमा विश्वास राख्ने सबैले समावेशी र न्यायपूर्ण बनाउने मूल जिम्मेवारी बन्ने दल र आम नागरिक सबैको कर्तव्य हो ।

यसर्थ समानुपातिक प्रतिनिधित्व प्रणालीको वास्तविक उद्देश्यलाई कमजोर बनाउनेलाई हामी सबैले घोर भर्त्सना र चेतावनी दिनुपर्छ। आजको परिपक्व राजनीतिक व्यवहार र नेतृत्वप्रति सम्मान र इमानदारीता मात्र आगामी  लोकतन्त्रको बल हो।

लेखक: दल मर्दन कामी