काठमाडौँ, १८ फागुन । यातायात व्यवसायी एवं समाजसेवी रामप्रसाद भट्टराई डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) मा प्रवेश गर्नुभएको छ । भट्टराई रास्वपा केन्द्रीय उपसभापति डाेल प्रसाद अर्यालको उपस्थितिमा पार्टी प्रवेश गर्नु भएको हो।
नयाँ शक्ति पार्टी नेपाललाई वैकल्पिक शक्ति बनाउनलाई डा. बाबुराम भट्टराईसँगै २०७२ मा हिँड्नु भएका रामप्रसाद भट्टराई डा. भट्टराईलाईको वैकल्पिक शक्तिलाई छोडी रवि लामिछाने सभापति भएको रा.स्व.पा. पार्टीमा प्रवेश गर्नु भएको हो।
उहाँ सार्वजनिक यातायात केन्द्रीय महासङ्घको विशेष बिज्ञसल्लाहकार र मौलिक यातायात प्रा.लिको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
रा.स्व.पा. प्रवेशपछि संक्षिप्त कुरा गर्नु हुँदै उहाँले भन्नुभयो, "पुरानो पार्टीबाट हामी दिक्क भएको अवस्थामा अबको विकल्प घण्टी नै हो । पछिल्लो समयक्रममा जेनजीले उठाएको माग र मुद्दा रा.स्व.पा. ले नै पुरागर्नेमा मलाई पूर्ण विश्वास छ । अवको नेपालको यावत् समस्याको हल रास्वपाबाट मात्र सम्भव भएको हुँदा रा.स्व.पा.मा पार्टी प्रवेश गर्नु परेको हो।"