शनिबार ३० जेठ, २०८३

नेपाली समय

दृष्टिविहीन समिरलाई घरमै नागरिकता

दृष्टिविहीन समिरलाई घरमै नागरिकता

टक्सार (भोजपुर), २२ माघ । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले रामप्रसाद राई गाउँपालिकाका एक दृष्टिविहीन युवालाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ । 

रामप्रसाद राई गाउँपालिका–३, भुल्केका २४ वर्षीय समिर राईलाई प्रजिअ पौडेलले आज घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि प्रशासनसँगको समन्वयमा गाउँमै समिरलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । 

आवश्यक कागजातका आधारमा राईलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताउनुभयो । “अशक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ ।

स्वास्थ्यका कारणले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै आएका छौँ”, प्रजिअ पौडेलले भन्नुभयो ।