बुधबार २८ माघ, २०८२

नेपाली समय

कांग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई कावा मुख्य सचिवको जिम्मेवारी

कांग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई कावा मुख्य सचिवको जिम्मेवारी

काठमाडौँ, २१ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई  कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ ।

पार्टी सभापति गगनकुमार थापाले आज उहाँलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोक्नुभएको हो ।

साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिनुभएको राजीनामा स्वीकृत गर्नु भएको अर्का सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।