बुधबार २८ माघ, २०८२

नेपाली समय

शिष्टाचार अभियान नेपालको साधारणसभा सम्पन्न

शिष्टाचार अभियान नेपालको साधारणसभा सम्पन्न

काभ्रेपलान्चोक, १८ माघ । शिष्टाचार अभियान नेपालको साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थाको प्रशिक्षण केन्द्र पनौती नपा -२ कुशादेवी काभ्रेमा साधारणसभा सम्पन्न भएको हो। 

अभियानको साधारणसभामा हालसम्मको आयव्यय विवरण, अध्यक्षको प्रतिवेदन सहित मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो।

साधारणसभाको सभापतित्व जेष्ठ आजीवन सदस्य तेज प्रसाद दाहालले गर्नुभएको थियो। विशेष अतिथि वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल हुनुहुन्थ्यो। 

संस्थाको उद्देश्य र गतिविधिमा उपाध्यक्ष दामोदर निरौला, सचिव मुकुन्दराज दाहाल, आजीवन सदस्य नुरहरी खतिवडा, वसन्त राजवंशी, रामचन्द्र सुवेदी, कान्ता अधिकारीज्यू लगायतले प्रकाश पार्नुभएको थियो। 

सोही अवसरमा आजीवन सदस्यता लिनुहुने पुरूषोत्तम दाहाल, मनोज निरौला, शर्मिला खतिवडा, उमादेवी कोइरालालाई शिष्टाचार परिवारमा स्वागत गरिएको थियो।

लोकसंसारका सञ्चालक माधव दाहाल, आजीवन सदस्य आशिष दाहाल, स्थानीय कलाकार प्रकाश ढुङ्गाना लगायत अन्य स्थानीय महानुभावहरूको कलाले कार्यक्रम रोचक बनेको थियो ।