भक्तपुर, १६ माघ । सहिद दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नयाँ राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक गरिएको छ ।
भक्तपुरस्थित ‘राग रागिनी इन्टरटेन्मेन्ट प्राली’ले निर्माण गरेको उक्त राष्ट्रिय गीत पूर्वअर्थ मन्त्री एवं गीतकार शङ्कर कोइरालाले सार्वजनिक गर्नुभएको हो । गायक कपिल कसपालको स्वर र शब्द तथा भूपेन्द्र रायामाझीको सङ्गीत रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन निशान एसकेले गर्नुभएको हो ।
गायक कसपालका अनुसार सो गीतमा नेपालको प्राकृतिक सुन्दरताको वर्णन गरिएको छ । पूर्वअर्थ मन्त्री एवं गीतकार कोइरालाले ‘नेपालको छोरो’ले एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो ।
https://youtu.be/NTAJNkNT9yw?si=wDhqttHVnc-IhSIx