बुधबार २८ माघ, २०८२

नेपाली समय

तनहुँमा एकजना मृत फेला

तनहुँमा एकजना मृत फेला

दमौली (तनहुँ), २ माघ । यहाँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा आज एक युवा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी घर भई सोही नगरपालिकाको वडा नम्बर ५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडकबाट अन्दाजी ४०/५० मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित खसेको अवस्थामा निजलाई मृत भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ । 

बिहीबार दिउँसो भिमादमा जारी भलिबल प्रतियोगिता हेर्न जान्छु भनेर घरबाट निस्किएका भुजेल आजसम्म घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएको थियो ।

इलाका प्रहरी कार्यालय खोजतलासका क्रममा निजलाई आज साँझ ६ बजे मृत अवस्थामा फेला पारेको जनाएको छ ।