जनकपुर, २६ पुस । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको जति चर्चा गरे पनि अपुरो हुने बताउनुभएको छ ।
पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित कार्यक्रममा उहाँले पाठकले लोकतन्त्र, न्याय र अधिकारका लागि पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वव रामसरोज यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, वडा नं १३ का अध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नेता रामप्रसाद पजियारलगायतले पाठकको योगदानबारे आफ्नो विचार व्यक्त गर्नुभयो ।
त्यस अवसरमा कार्यक्रमस्थलमा रहेको स्व पाठकको शालिकमा माल्यार्पण गरिएको थियो । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने क्रममा भएको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको वक्ताहरूको भनाइ थियो ।