काठमाडौँ, २६ पुस । संचारण संस्थाले सामाजिक सञ्जाल तथा अन्य क्षेत्रमा हुने सूचना तथा सञ्चारको प्रयोगमा सचेतना जगाउने उद्देश्यले एक दिवसीय डिजिटल सचेतना कार्यशाला आयोजना गरेको छ । कुँडहर–१३, पोखरा, कास्कीमा डिजिटल सचेतना कार्यशाला आयोजना गरेको हो।
गलत सूचनाको कारण दैनिक हजारौँ मानिसहरू भ्रमित हुनुको साथै यसले समाजमा नकारात्मकता फैलाउने हुँदा सचेत रहन समुदायका महिला तथा स्वास्थ स्ववेमसेवीका लगायत २५ जना सहभागी माझ स्थानीय तहसँगको सहकार्यमा कुँडहर–१३, पोखरा, कास्कीमा मिडिया तथा डिजिटल सचेतना कार्यशाला सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ ।
सहकार्य, समन्वय र सहभागिताका लागि वडा कार्यालय तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद दिँदै संस्थाले आगामी दिनमा अझ धेरै स्थानमा पुगी यस्ता डिजिटल सचेतना कार्यशाला आयोजना गर्ने बताएको छ ।