वीरगंज, २६ पुस । पिपुल फष्ट पार्टीले आज वीरगाजमा जिल्ला भेला सपन्न गरेको छ । आज सम्पन्न वीरगञ्ज जिल्ला भेलाले वीरेन्द्र कण्ठलाई जिल्ला संयोजकमा सर्वसहमतीले निर्णय गरेको छ ।
वीरेन्द्र विगत लामो समयदेखि सामाजिक सेवागर्दै आएका छन् । कण्ठ आईटी प्रोफेसनल हुन । जेन-जी आन्दोलन लगायत अधिकार स्थापनाको आन्दोलनमा सधैँ सकृय रहने वीरेन्द्र वीरगञ्जमा स्थापित नाम हो ।