शनिबार ०३ माघ, २०८२

नेपाली समय

बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौँ, २४ पुस । प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै रु २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।  पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

मध्यपुर थिमि–२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।