शनिबार ०३ माघ, २०८२

नेपाली समय

२२औँ महिला स्वास्थ्य तथा स्वयंसेविका दिवस सम्पन्न

२२औँ महिला स्वास्थ्य तथा स्वयंसेविका दिवस सम्पन्न

रौतहट, १९ मङ्सिर । जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित स्वास्थ्य चौकीको प्राङ्गनमा २२औँ महिला स्वास्थ्य तथा स्वयंसेविका एफएचडब्ल्यूभी दिवस सभ्य तथा भव्य रूपमा मनाइएको छ ।

कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव प्रमुख अतिथि रहेका थिए । साथै समाजसेवी पवन साह, नविन सिंहसहित स्थानीय सरोकारवाला तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले महिला स्वास्थ्य तथा स्वयंसेविकाहरूलाई सामुदायिक स्वास्थ्य सेवाका मेरुदण्ड भनेर उल्लेख गरे । उनले भने नगरपालिकाले वर्षौंदेखि समुदायमा स्वास्थ्य सेवा पुर्‍याउन अग्रपंक्तिमा रहँदै काम गर्नुभएका स्वयंसेविकाहरूको योगदान अतुलनीय छ । आगामी दिनमा पनि नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास तालिम तथा आवश्यक सुविधा विस्तारमा विशेष ध्यान दिनेछ ।

यादवले मातृ–शिशु स्वास्थ्य संरक्षण, पोषण, खोप अभियान, रोग नियन्त्रणजस्ता क्षेत्रमा स्वयंसेविकाहरूले देखाउँदै आएको समर्पणलाई उच्च सम्मान व्यक्त गरे ।

महिला स्वास्थ्य तथा स्वयंसेविकाहरूको योगदानलाई उच्च सम्मान गर्दै वक्ताहरूले सामुदायिक स्वास्थ्य सेवा प्रवर्द्धनमा उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । स्थानीय स्तरमा स्वास्थ्य सेवा विस्तार, सचेतना कार्यक्रम, मातृ–शिशु स्वास्थ्य सेवा लगायतका क्षेत्रमा स्वयंसेविकाहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो ।

वक्ताहरूले पनि समुदायमा स्वास्थ्य सचेतना फैलाउन स्वयंसेविकाहरूले खेलेको भूमिकालाई प्रशंसनीय बताउँदै निरन्तरता तथा सहयोग आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रम विभिन्न सम्मान तथा अन्तरक्रियासहित सफलतापूर्वक सम्पन्न भएको थियो ।