रौतहट, १० मङ्सिर । करेन्ट लागेर गम्भीर घाइते भएका रौतहटका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार फतुवा विजयपुर नगरपालिका वडा नं. ६ रामदासी टोलका २२ वर्षीय गणेश महतोको करेन्ट लागेर ज्यान गएको हो।
मंगलबार राति करिब १० बजेको समयमा भएको हो। प्रहरीका अनुसार महतो आफ्नै घरमा माईको तार जडान गर्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाइते भएका थिए।
करेन्ट लागेर ढलेपछि उनलाई तत्कालै स्थानीय नेशनल हस्पिटल प्रा.लि. विजयपुरमा प्राथमिक उपचारका लागि लगिएको थियो। उपचार सम्भव नभएपछि थप उपचारका लागि बारा जिल्लाको कोल्हवीस्थित अस्पतालतर्फ पठाइएको थियो। कोल्हवी अस्पताल पुर्याइएका महतोको उपचारकै क्रममा मध्यरातमा करिब १२ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको हो । प्रहरीले घटनाको जानकारी दिँदै
पोष्टमार्टमका लागि शव पठाइएको थियो।
मृतक गणेश महतोको शवलाई अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारामा राखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।