सोमबार २९ मंसिर, २०८२

नेपाली समय

शसस्त्र प्रहरी नायब महानिरीक्षक ढकाल: "सोशल मिडियामा नाम कमाउन होइन, इमानदारी साथ कर्तव्य नै मेरो मूल धर्म हो"

शसस्त्र प्रहरी नायब महानिरीक्षक ढकाल: "सोशल मिडियामा नाम कमाउन होइन, इमानदारी साथ कर्तव्य नै मेरो मूल धर्म हो"

रौतहट, २६ कात्तिक । ​​सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी कृष्ण ढकालले कुनै पनि हालतमा प्रहरीको काम-कारबाहीमा विचलन आउन नदिने कडा अडान सार्वजनिक गरेका छन् । उनले सोशल मिडियामा नाम कमाउन वा कसैलाई चाकडी गर्नुपर्ने आवश्यकता आफूलाई नरहेको भन्दै आफ्नो मूल धर्म इमान्दारीपूर्वक काम र कर्तव्य निर्वाह गर्नु नै भएको स्पष्ट पारेका हुन् ।

​ ढकालले पत्रकार नामको आतङ्क प्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनले विशेषगरी तल्लो तहका प्रहरी युनिटहरू विशेषगरी सीमा क्षेत्रका बीओपी कमान्डरहर माथि भइरहेको अनधिकृत दबाब र बार्गेनिङको विषयलाई प्रमुखताका साथ उठाएका हुन् ।

​​डीआईजी ढकालले विद्वान र पेशागत पत्रकारहरूप्रति आफ्नो सधैँ सद्भाव र सम्मान रहने स्पष्ट पार्दै केही व्यक्तिहरूले भने पत्रकारिताको पेशालाई दुरुपयोग गरिरहेको आरोप लगाए। उनको भनाई अनुसार ती व्यक्तिहरू जसको न कुनै आधिकारिक पहिचान छ न त कुनै योग्यता, उनीहरूले निम्न किसिमका गतिविधि गरी प्रहरीलाई दुःख दिइरहेका छन्।  योग्यता र पहिचान नभएका व्यक्तिहरूले पत्रकारको नाम लिँदै सीमा तथा अन्य युनिटहरूलाई अनावश्यक दबाब दिने​ ए आईको दुरुपयोग: मोबाइलको आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधि प्रयोग गरी पुराना भिडियोहरूलाई सम्पादन (Edit) गरेर सीमा सुरक्षा पोस्ट (BOP) का कमान्डरहरूसँग बार्गेनिङ गर्ने।

​यस्ता अस्वस्थ गतिविधिका कारण राम्रा र सकारात्मक समाचारहरू पनि जनताबाट ओझेलमा परिरहेको डीआईजी ढकालको ठहर छ।

​व्यापारी र कथित पत्रकारको साँठगाँठको रहस्योद्घाटनको तयारी

सशस्त्र ​प्रहरी अधिकारी ढकालले अहिले प्रहरीले एउटा विशेष अनुसन्धान गरिरहेको र चाँडै नै ठूलो रहस्य खुल्ने जानकारी दिए। उनले अवैध व्यापारमा केही कथित पत्रकारहरूको समेत शेयर रहेको प्रमाण सङ्कलन भइरहेको उल्लेख गरे। उ​नका अनुसार व्यापारमा साझेदारी गरेका ती व्यक्तिहरूले प्रहरी अधिकारीहरूसँग निम्न प्रकारको बार्गेनिङ गर्ने गरेको पाइएको छ:

​"या त अवैध लाइन (गतिविधि) चल्न दे, अनि म सकारात्मक समाचार सम्प्रेषण गर्छु। मेरो कुरा मानेन भने तिम्रो र तिम्रो इन्चार्जको गलत समाचार सम्प्रेषण गरी बदनाम गर्छु।"

​डीआईजी ढकालले यस्तो धम्की र बार्गेनिङको सूचना प्राप्त भएसँगै यसको प्रमाण सङ्कलनमा प्रहरी जुटेको बताए।

​​डीआईजी कृष्ण ढकालले आफ्नो मातहतका सम्पूर्ण युनिटहरूलाई कसैको पनि बार्गेनिङ वा धम्कीबाट नडराउन स्पष्ट निर्देशन दिएका हुन् ।

​उनले भने  मैले स्पष्ट साथ आफ्नो युनिटहरूलाई भनेको छु – आफ्नो काम-कर्तव्य इमान्दारी साथ गर्नु कुनै पनि बार्गेनिङ गर्ने पत्रकारको नामले डराउनु पर्दैन।"

​डीआईजी ढकालको यो कडा कदमले मधेस प्रदेशमा सशस्त्र प्रहरी प्रशासनको मनोबल बढाउने र अवैध गतिविधि तथा पत्रकारिताको आवरणमा हुने ब्ल्याकमेलिङ नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

​​डीआईजी ढकालको भनाइले मधेस प्रदेशको प्रहरी प्रमुखको स्पष्ट दृष्टिकोण र दृढ सङ्कल्पलाई उजागर गरेको हो। जहाँ उनले पेशागत निष्ठालाई सोशल मिडियाको लोकप्रियताभन्दा माथि राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसले सशस्त्र प्रहरी संगठनभित्र अनुशासन र इमान्दारी कायम गर्ने दिशातर्फ महत्त्वपूर्ण कदम चालेको बुझिएको हो ।