मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

कास्की, १७ कात्तिक । यहाँको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ । 

जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ । देउसीभैलो खेलेर सङ्कलित रकममा कार्यालयले केही थप गरी रु दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार देउसीबाट रु दुई लाख २१ हजार ५१४ जम्मा भएको थियो ।