मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

सयपत्रीको ‘माला’ कथासङ्ग्रह बजारमा

सयपत्रीको ‘माला’ कथासङ्ग्रह बजारमा

काठमाडौँ, १६ कात्तिक । कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ बजारमा आएको छ । परिचय पब्लिकेसनद्वारा प्रकाशित सङ्ग्रहमा आजदेखि बजारमा आएको कथाकार यसपत्रीले जानकारी दिनुभयो । 

कथासङ्ग्रहमा २२ कथा र तिनमा प्रेम र मानवीय संवेदना समेटेका छन् भने मानिसका ढोङ्ग र आडम्बरका मुखौटा च्यात्दै विद्रोहका भावसमेत छचल्किएका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि कथा भन्न सकिने उहाँको भनाइ छ । 

शिक्षण पेसाबाट निवृत्त कथाकार सयपत्री समाजको पिँधमा रहेका भुइँमान्छेका कथा लेख्न रुचाउने लेखक हुनुहुन्छ । उहाँका कथामा ग्रामीण जनजीवनको झल्को पाइन्छ भने महिला, बालबालिका, उत्पीडित वर्गका साथै सामाजिक तथा राजनीतिक विकृति पनि उहाँको लेखनका मूल विषयवस्तु रहँदै आएका छन् । 

रामेछाप मन्थलीका स्थायी बासिन्दा सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’ र ‘बादसाहको आटोग्राफ’ कथासङ्ग्रह एवम् ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन् ।