मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

हिमपहिरोमा परी पाँच जर्मन आरोहीको मृत्यु

हिमपहिरोमा परी पाँच जर्मन आरोहीको मृत्यु

रोम, १६ कात्तिक । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् ।

इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो ।  शनिबार तीन जनाको शव फेला परेको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको हो ।

अधिकारीहरूले यस क्षेत्रमा बढ्दो तापक्रमले हिउँको अवस्था अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेतावनी दिएका छन्। 

उनीहरूले पर्वतारोही र स्की उत्साहीहरूलाई मौसम र हिमपहिरोबाट सावधानी अपनाउन र उच्च जोखिम भएका हिमाली क्षेत्रहरूमा आरोहण नगर्न आग्रह गरे।