मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट

अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट

काठमाडौँ, १५ कात्तिक ।आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत  यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रूपमा आसिफ शेख आउट भएका छन् । उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे ।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई  मौका दिएको छ । जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा  अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की,  आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन् ।