मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

भरतपुरको टिकौली जङ्गलमा तीन सवारी ठोक्किँदा ३३ यात्रु घाइते

भरतपुरको टिकौली जङ्गलमा तीन सवारी ठोक्किँदा ३३ यात्रु घाइते

रौतहट, १४ कात्तिक । चितवनको महानगरपालिका–९ टिकौली जङ्गलमा बिहीबार करिब पौने २ बजे भएको भिषण सडक दुर्घटनामा परी दुई बसका चालकसहित ३३ जना यात्रु घाइते भएका छन् । सडकमा ईट्टा लोड गरी पार्किङ गरिएको एक ट्रकमा दुईवटा यात्रुबाहक बस ठोक्किँदा यो दुर्घटना भएको हो ।

​जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक किनारमा पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ईट्टा लोड ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको ‘डल्फिन’ यात्रुबाहक बस पछाडिबाट ठोक्किएको थियो । लगत्तै सोही ठाउँमा जनकपुरबाट काठमाडौँतर्फ आइरहेको बा. प्र. ०३०० ख ३९०२ नम्बरको ‘रुद्राक्ष’ यात्रुबाहक बस पनि अगाडिका दुई सवारीमा ठोक्किन पुग्दा ठूलो क्षति भएको हो ।​दुर्घटनाको खबर पाउने बित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको सुरक्षा फौजले तत्काल घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैलाई चितवनका विभिन्न अस्पतालहरूमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

​चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज): १५ जना

​नेशनल सिटी अस्पताल: १३ जना

​भरतपुर अस्पताल: ५ जना

​घाइते भएका ३३ जनामध्ये अधिकांशको अवस्था सामान्य रहेको र केहीको अवस्था मध्यम रहेको बुझिएको छ । चितवन मेडिकल कलेजमा उपचाररत सबै घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए।

​घाइतेहरू अधिकांश धनुषा, रौतहट, महोत्तरी र उदयपुर जिल्लाका साथै भारतको मोतिहारीका यात्रुहरू रहेका छन् ।

​चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) मा उपचाररत घाइतेहरू:

१. सार्थकबाबु क्षेत्री (उदयपुर त्रियुगा–१०) - मध्यम

२. सदाकत मियाँ (धनुषा जनकपुर–१७) - मध्यम

३. नरेन्द्र शाह (धनुषा जनकपुर–१७) - सामान्य

४. मुकेश कुमार केसरी (रौतहट गौर–५) - मध्यम

५. समिर अन्सारी (धनुषा जनकपुर–७) - सामान्य

६. गीता देवी यादव (महोत्तरी पिपरा–१) - सामान्य

७. कृष्ण कुमार साह (रौतहट राजदेवी–१) - मध्यम

८. बसन्त झा (धनुषा जनकपुर–१) - सामान्य

९. मुकेश लाल कर्ण (धनुषा जनकपुर–४) - सामान्य

१०. अन्जु कर्ण (धनुषा जनकपुर–४) - सामान्य

११. आरुष कर्ण (धनुषा जनकपुर–४) - सामान्य

१२. राम क्षेत्री (महोत्तरी पिपरा–१) - सामान्य

१३. अनिकेत कुमार साह (रौतहट राजदेवी–१) - मध्यम

१४. आरभ मिश्रा (रौतहट बृन्दावन–३) - मध्यम

१५. विधा चौधरी (धनुषा लक्ष्मीनिया–४) - मध्यम

​नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू:

१. आदित्य कुमार सिंह (धनुषा जलेश्वर–५) - सामान्य

२. रेखा सिंह (धनुषा जलेश्वर–५) - सामान्य

३. अञ्जली सिंह (धनुषा जलेश्वर–५) - सामान्य

४. सुनिल प्रसाद (भारत मोतिहारी) - सामान्य

५. सुभद्रा कुमारी चौधरी (भारत मोतिहारी) - सामान्य

६. प्रिया जैशवाल (भारत मोतिहारी) - सामान्य

७. कृती जयसवाल (भारत मोतिहारी) - सामान्य

८. आलोक कुमार राउत (धनुषा जनकपुर–८) - सामान्य

९. मोनु कुमार महतो (रौतहट राजदेवी–२) - सामान्य

१०. गम्भिरादेवी ठाकुर (रौतहट गौर–९) - सामान्य

११. विजय साह (रौतहट गरुडा–७) - सामान्य

१२. उर्मिला कुमारी साह (रौतहट गरुडा–७) - सामान्य

१३. सुनिता देवी मिश्र (रौतहट बृन्दावन–३) - मध्यम

​भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू:

१. राजकिशोर दास (रौतहट दुर्गावती–२) - सामान्य

२. राजु दास (रौतहट दुर्गावती–२) - सामान्य

३. महमद साहेब (भारत मोतिहारी) - सामान्य

४. रोशी कुमार साह (रौतहट माधवनारायण–५) - सामान्य

५. दिव्या चौधरी (धनुषा लक्ष्मीनिया–४) - मध्यम

​घाइतेहरूको उपचार जारी रहेको तथा प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाए।