मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ, १४ कात्तिक । सुनको मूल्य प्रतितोला रु दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रु दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रु दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु ८० ले बढेर रु तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।