शनिबार २२ कात्तिक, २०८२

नेपाली समय

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो

इनरुवा (सुनसरी), २० असोज । अविरल वर्षा राकिएसँगै  सप्तकोशी नदीको बहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ । 

गएराति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उहाँले बताउनुभयो । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।