मंगलबार २५ कात्तिक, २०८२

नेपाली समय

जेन-जी युवाहरूद्वारा लखेटिए प्रभु साह

जेन-जी युवाहरूद्वारा लखेटिए प्रभु साह

रौतहट, २८ असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साह शुक्रबार रौतहटको जयनगरबाट लखेटिएका छन्। जिल्लाको गरुडा नगरपालिका -१ जयनगरबाट पूर्व मन्त्री समेत रहेका आजपा अध्यक्ष प्रभु साह जेनजी युवापुस्ताबाट लखेटिएका हुन् ।

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गरेको अवस्थामा जेनजी युवाहरूले नेता प्रभु साहलाई लखेटेका छन् । भाषणको क्रममा नेता साहले आफू बाहेक बाँकी दलका सबै नेता चोर रहेको भनेपछि आक्रोशित युवाहरूले उनलाई लखेटेको बताइएको हो ।

आफैँ पटक पटक सरकारमा सहभागी भएर मन्त्री भएको र देशको लागि केही गर्न नसकी असफल भएको नेता साह उल्टै अरूलाई चोर भनी सम्बोधन गरिसकेपछि युवाहरू आक्रोशित भएका थिए। स्थानीयहरूले अनुसार अरू नेताहरूलाई चोर भनेर सम्बोधन गरेपछि नेता साहसँग युवाहरूले केही प्रश्न गर्न खोजेका थिए । युवाहरूले प्रश्न गर्न खेजेपनी साहका कार्यकर्ताहरु प्रश्न गर्न नदिएपछि उनीहरू झन् आक्रोशित भएका थिए।  त्यसपछि आक्रोशित युवाहरू र नेता साहका नेता कार्यकर्ता बीच घम्साघम्सी हुँदै कुटाकुट हुन् थाले । 

दुबै पक्ष बीच झडपको स्थिति सृजना हुन थालेपछि प्रभु साह आफ्ना मन्तव्य बीचमै रोकेर स्टेजबाट भागेका थिए।प्रभु साह आफैँ चोर, भ्रष्ट, लुटेरा र हत्यारा रहेको व्यक्ति अरूलाई चोर तथा भ्रष्ट भन्नु लजास्पद भएको भन्दै युवाहरूले उनलाई लखेटेको स्रोतले जनाए।

नेता साह अहिले गाउँ गाउँमा शुभकामना आदान प्रदान कार्यक्रमा खासगरी नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी र जसपा नेपालका नेताहरूमाथि लक्षित गर्दै उनीहरूलाई चोर, भ्रष्ट जस्ता अपमानजनक शब्द प्रयोग गर्दै निकै उत्तेजित भाषण गर्दै आएका छन्।