सोमबार २५ जेठ, २०८३

नेपाली समय

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौँ, १५ असोज । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो ।  ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।