आइतबार २१ भदौ, २०८३

नेपाली समय

समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने

समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने

काठमाडौँ, १२ असोज । प्रेस काउन्सिल नेपालले मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको समाचार सङ्कलनका लागि जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

काउन्सिल बोर्डको आजको बैठकले पत्रकार अनिल ढकाल, सुजन पौडेल तथा ‘जेनजी’ प्रदर्शनमा समाचार सङ्कलनका क्रममा घाइते भएका पत्रकारलाई काउन्सिलमा रहेको पत्रकार कल्याण कोषबाट सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, जोखिमयुक्त क्षेत्रमा समाचार सङ्कलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । पत्रकार आचारसंहिता प्रतिकूल केही सामग्री सम्प्रेषण भइरहेको र यस्तो प्रवृत्ति बढ्न सक्ने भन्दै आचारसंहिता प्रतिकूल सामग्रीको सूक्ष्म अनुगमन गरी यही महिनाभित्र विज्ञसहितको उपस्थितिमा विस्तृत छलफल गर्ने निर्णय भएको पनि काउन्सिलले जनाएको छ । 

साथै बैठकले यसअघिका प्रदर्शनमा सञ्चारमाध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।