काठमाडौँ, ७ असोज । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रु दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रु दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रु तीन हजार नौ सय बढेको हो ।
त्यसैगरी आज चाँदी रु दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।